१ सय ४९ किलो गाँजासहित १४ जना पक्राउ

१ सय ४९ किलो गाँजासहित १४ जना पक्राउ परेका छन्। धरान उपमहानगरपालिका-१३ जिरोप्वाइन्टबाट १ सय ४९ किलो गाँवासहित १४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फजाँदै बिआर १० पि ९१५४ नम्बरको बोलेरोबाट ५० किलो गाँजासहित चालक भारत बिहार कुर्निया बस्ने ३१ वर्षीय मनोरन्जन मुइमारसमेत ४ जना र एमपि १७ टिए ०५१२ नम्बरको बोलेरोबाट ९९ किलो गाँजासहित चालक भारत बिहार कुर्निया बस्ने ३९ वर्षीय गोपी मण्डलसमेत ५ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ।

साथै, उक्त लागूऔषधको कारोबारमा संलग्न बिआर १० एजे ४४८६ नम्बरको कारमा सवार भारत बिहार कुर्निया बस्ने २३ वर्षीय सन्तोष साहसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर