एनपीजी घोटला प्रकरण : सचिव मरासिनी साधारण तारेखमा रिहा

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनी साधारण तारेखमा रिहा भएका छन्। उनीमाथि नेशनल पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोप लागेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्वसचिव एवम् राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक सञ्जय शर्मासहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थिए।

आज (आइतबार) उनलाई अदालतमा उपस्थित गराइएको थियो। विशेष अदालतले उनलाई साधारण तारेखमा छाडेको छ।

विशेष अदालतका न्यायाधीशहरु रितेन्द्र थापा, खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासमा उनको बयान भएको थियो।

बयानपछि थुनछेक बहस भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *