शैल्यशिखरका कार्यकारी प्रमुख धामीको दोहोरो जिम्मेवारीको विषय केही दिनमै टुंगिन्छ : मन्त्रालय

दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीको दोहोरो जिम्मेवारीको विषय केही दिनमै टुङगोमा पुर्याउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

सोमबार अधिकृत धामीको दोहोरो जिम्मेवारीको विषयलाई लिएर शैल्यशिखरका स्थानीय तथा अधिवक्ता बिरभद्र जोशीले मन्त्रालयमा उजुरी गरेपछि मन्त्रालयले गम्भीर भएर विषयको गहिराईमा पुग्ने बताएको हो।

जोशीले दर्ता गरेको उजुरीमा शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामीले यस अघिदेखि नै नौगाड गाउँपालिका दार्चुलामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत उनका छोरा पुष्करसिंह धामीलाइ नै शैल्यशिखर नगरपालिकाकाको समेत थप जिम्मेवारी दिने गरी पठाई दिन यस मन्त्रालयलाई समेत गुमराहमा पारेर (पुष्करसिंह धामी आफ्नो छोरा हुन भन्ने तथ्यलाइ लुकाई) मिति २०८०/०६/०२ गते पत्रमार्फत आग्रह गरेको र सोही बमोजिम सोही मितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत नगर प्रमुखकै चाहना बमोजिम निज पुष्कर सिंह धामीलाई थप जिम्मेवारी दिएको देखिँदा र यसरी मन्त्रालयले समेत वास्तविकता नबुझी नगरप्रमुखकै सहोदर छोरा पुष्करसिंह धामीलाई स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८४ को मर्म र भावना विपरीत प्रमुख प्रशासकीय अधिकृत बनाएर दोहोरो जिम्मेवारीसहित स्वार्थ बाझिने गरी पठाएको अवस्था बिध्द्यामान रहेको र यसरी बुबा छोरा नै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको रुपमा एउटै नगरपालिकामा हुँदा नगरपालिकाको नीतिगत निर्णयहरुमा ब्यापक भ्रष्ट्राचार बढ्दै गएको, नियुक्ति र ठेक्कापट्टाहरुमा समेत नातावाद, परिवारवाद हावी भएको देखिदा शैल्यशिखर नगरपालिकाको समेत थप जिम्मेवारी दिने गरी निज पुष्कर सिंह धामीलाइ दिइएको थप जिम्मेवारी सहितको नियुक्ति तत्काल बदर गरीपाउँ भनेर माग गरेका छन्।

अधिवक्ता जोशीले दिएको उजुरीमा मन्त्रालयले यो विषयलाई बेवस्ता गरे नगरप्रमुख, हाकिम र मन्त्रालयलाईसमेत विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने चेतावनी समेत दिएका छन्।

मन्त्रालयमा उजुरी दर्ता भएसँगै अधिकृत धामीको दोहोरो जिम्मेवारीको बारेमा १/२ दिनमै टुङ्गो लाग्ने जनाइएको छ।

मन्त्रालयअन्तर्गतको स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव भोजराज घिमिरेले सो विषय आफूले केही दिन अगाडि समाचारमापनि देखेको पर्दाफासलाई बताए। उनले भने, ‘त्यो बारेमा केही दिन अगाडि समाचारपनि देखेको थिए। आज उजुरी परेको छ। मन्त्रालयको माथिल्लो तहमा छलफल गरेर केही दिनमै टुङ्गयाउछौँ।’

शैल्यशिखर नगरपालिकामा भइरहेका गतिविधिमा पर्दाफासका समाचारहरु : 

बुवा मेयर भएको पालिकामा छोरा हाकिम र भतिजो इन्जिनियरको राज : यसरी गर्छन् ‘अनियमित’ काम

शैल्यशिखरका ‘दादागिरी’वाला इन्जिनियर धामी, यसरी धम्क्याएर काम गराउछन्

शैल्यशिखर : वडाध्यक्ष डाँगाको लेखापाललाई ‘मारी’ दिने धम्की (अडियोसहित)

शैल्यशिखर : एउटा एम्बुलेन्स चलाउनका लागि ३ ड्राइभर

शैल्यशिखर नगरपालिका : फर्जी कागजपत्र र बिलकै बिगबिगी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर