एसीसी महिला प्रिमियर कप : आज नेपाल र माल्दिभ्स भिड्दै

सीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार बिहान ११ ः १५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुनेछ।

नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालले यसअघि हङकङ र भुटानमाथि ८ विकेटको जित हासिल गरेको थियो। त्यस्तै माल्दिभ्स भने भुटानसँग ९४ रनले तथा हङकङसँग १७२ रनले हार बेहोरेको थियो।

आजै समुह डी कै भुटान र हङकङले पनि समुह चरणको अन्तिम खेल खेल्दै छन्।

यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर