इयूको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा ग्रीन सीफ्ट परियोजना सञ्चालन हुने

नेपालगन्ज उपमहानगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ।

पालिकाकातर्फबाट मेयर प्रशान्त बिष्टले फोहोरमैला व्यवस्थापनका लागि तथ्यांक संकलन, अनुसन्धान र नीति निर्माणमा सहयोग गर्न पालिकामा फेलो राख्नका लागि ‘वेस्ट स्मार्ट फेलोसप’ सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

ग्रीन सीफ्ट नेपाल चक्रिय अर्थतन्त्र प्रवर्द्धन गर्नका लागि युरोपेली संघ(इयू)को सहयोगमा कार्यन्वयन हुन लागेको चारवर्षीय परियोजना रहेको बताइएको छ।

नेपालगन्जसहित ग्रीन सीफ्ट नेपाल परियोजनाले बागमती, लुम्बिनी र मधेश प्रदेशका जम्मा ९ वटा पालिकामा काम गरिरहेको बताइएको छ।

ग्रीनसिफ्ट नेपालले फोहोर सङ्कलन गर्ने उद्योग, साना तथा मझौला उद्योग, सफाइकर्मीहरुको संस्था, युवाहरू, विद्यालयका बालबालिकाहरू र तीन तहका सरकारहरूसँग मिलेर काम गर्नेछ।

परियोजनाले सरसफाइ क्षेत्रमा आबद्ध उद्यमीहरूको क्षमता निर्माण गर्न उनीहरूको प्लास्टिक फोहोर संकलन क्षमता अभिवृद्धि गर्ने, प्लास्टिक वैकल्पिक उत्पादन र प्याकेजिङ्गको प्रवर्द्धनको लागि साना तथा मझौला उद्योगलाई समर्थन गर्ने, ज्ञान र चेतना अभिवृद्धि गर्न विद्यार्थीहरूसंग काम गर्ने, युवाहरूलाई पैरवी र सचेतना अभियानहरूमा संलग्न गराउने र युवा र सफाइकर्मीहरुको संस्थाको सक्रिय संलग्नतामार्फत समावेशी र प्रमाणमा आधारित नीतिनिर्माणका लागि तीन तहको सरकारलाइ सहयोग गर्ने उद्देश्य रहेको सो परियोजनाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *