अहिलेसम्म नेताका लागि मात्रै लोकतन्त्र आयो : नेता कोईराला

नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले लोकतन्त्र नेताहरुको लागि मात्रै आएको भन्दै अझैपनि जनताको लागि लोकतन्त्र नआएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले लोकतन्त्र नेताहरुको लागि मात्रै आएको भन्दै अझैपनि जनताको लागि लोकतन्त्र नआएको बताएका हुन्।

उनले भने, ‘हाम्रो लागि लोकतन्त्र आएको छ, नेताहरुको लागि लोकतन्त्र आएको छ। तर जनताको, नागरिकको लागि लोकतन्त्र आएको छैन भन्ने मैले ठहर गरेको छु। मानव अधिकार भन्ने बित्तिकै अन्य कुराहरु हेर्दा कानूनी शासन मानव अधिकार र लोकतन्त्र। लोकतन्त्रमा कानूनी शासन र मानव अधिकार भएन भने त यो लोकतन्त्र हुँदै भएन नि। त्यो कुरालाई हामीले नागरिक तहसम्म पनि बुझाउनुपर्ने र सबैभन्दा पहिला हामी आफैँले पनि बुझ्नुपर्नेछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *