हामी सबल, समावेशी र उन्नत राष्ट्र चाहन्छौं : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सबल, समावेशी र उन्नत राष्ट्र चाहेको बताएका छन्।

बुधबार पाँचथर बहुमुखी क्याम्पसले फिदिममा आयोजना गरेको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सव २०८० को उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सबल, समावेशी र उन्नत राष्ट्र चाहेको बताएका हुन्।

उनले भने,‘हामीले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहन्छौ। यस्तो राष्ट्र जो कसैलाई निषेध गरेर हैन, सबैलाई समान दर्जा, अधिकार र स्वामित्व दिएर बन्छ। सबैलाई एकताबद्ध गरेर बन्छ। सबैलाई बराबरी सम्मान दिएर बन्छ। आपसमा निषेध, घृणा, द्वन्द्व र अविश्वासको हैन, सम्मान, एकता, सहिष्णुता र सद्भावको विकास गर्न सकेमात्र हामी सबै सबल हुनेछौ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर