नेपालले मलेसियालाई दियो १ सय १६ रनको लक्ष्य

एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेसियासामु १ सय १६ रनको लक्ष्य दिएको छ।

बायुमास ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १५ रन जोड्यो। नेपालले यो खेल जितेर प्रिमियर कपको फाइनलमा पुगेसँगै महिला एसिया कपमा पनि स्थान बनाउनेछ।

नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रनको योगदान दिइन्। ओपनर कविता कुँवरले २३ तथा रुविना क्षेत्रीले २० रन जोडिन्। डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको योगदान दिइन्।

चौथो ओभरमा सीता रानामगर आउट हुँदा नेपाल १०-१ को स्थितिमा थियो। त्यसपछि इन्दु र कविताले ३५ रनको साझेदारी गरे। रन लिने क्रममा समन्वय नहुँदा कविता रनआउट भएकी थिइन्।

त्यसपछि रुविना र इन्दुले तेस्रो विकेटका लागि ३१ बलमा ३३ रन जोडे । रुविना २ चौका प्रहार गर्दै क्याच आउट भइन्। इन्दु १८ औं ओभरमा ठूलो सट खेल्ने धुनमा स्टम्प्ड आउट भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर