मलेसियासँग हार्यो नेपाल

मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा मलेसियासँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

नेपाल मलेसियासँग ४ विकेटले पराजित भयो।

नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले खेल सकिन १ बल बाँकी रहँदा पूरा गर्यो। मलेसियाका लागि इलसा हन्टरले आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरिन्। ५२ बलको सामना गरेकी इल्साले ६ चौकाको मद्दतमा ५८ रन जोडिन्।

मलेसियासँग पराजित नेपाली टिमले अब तेस्रो स्थानका लागि थाईल्याण्डसँग खेल्नेछ।

नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेट तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल पुगेका थिए। नेपालले समूह डी मा हङकङ र भुटानलाई समान ८ विकेटले तथा माल्दिभ्सलाई २१४ रनले हराएको थियो।

मलेसियाले समूह सी बाट इन्डोनेसियालाई ६ विकेट, कतारलाई ३९ रन र बहराइनलाई १२६ रनले हराएको थियो।

योसँगै मलेसिया यो वर्ष आयोजना हुने टी–२० एसिया कपमा पनि छनोट भएको छ। यसअघि पहिलो सेमिफाइनल खेलमा यूएईले थाइल्यान्डलाई पराजित गर्दै एसिया कपमा स्थान पक्का गरिसकेको छ। एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *