गण्डकी प्रदेशका यी हुन् उत्कृष्ट सुरक्षा अधिकारी

गण्डकी प्रदेश सरकारले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापालाई प्रदेशकै उत्कृष्ट प्रहरी घोषित गरेको छ ।

गण्डकी प्रदेश सरकारले प्रदेश सरकारको छैटौं स्थापना दिवसको अवसरमा एसपी थापा सहित एसएसपी अरुण पौडेल, डीएसपी भोजराज पाण्डेय, सशस्त्र प्रहरी बल नेपालतर्फबाट डीएसपी रवीन अधिकारी, हवल्दार रवीन्द्र थापा र जवान माधव भुसाललाई शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पुरस्कृत गरेको हो ।

एसपी थापाले विगत ५ महिनादेखि कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । उनले कार्यभार सम्हालेदेखि कास्कीको शान्ति सुरक्षा मजबुत भएको र अपराध अनुसन्धानमा सफलता प्राप्त गरेको भन्दै प्रदेश सरकारले एसपी थापालाई उत्कृष्ट प्रहरी घोषित गरेको जनाएको छ ।

एसपी थापाले सहकारी ठगीको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण तथा कास्की हुने अन्य अपराधका घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेर शान्ति सुरक्षा कायम राखेको जनाएको छ ।

त्यसैगरि शान्ति सुरक्षा तथा विपद् उद्धार प्रोत्साहन पुरस्कारबाट नेपाली सेनातर्फ सुवेदार सञ्जीवबाबु श्रेष्ठ, प्यूठ जीवन मल्ल, सिपाही उमेश बानियाँलाई पुरस्कृत गरिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *