कमाण्ड तथा स्टाफ तालिमका अधिकृतहरूद्धारा सशस्त्र प्रहरीको प्रधान कार्यालयको अवलोकन

नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित सि.सं. ३० कमाण्ड तथा स्टाफ कोर्समा तालिमरत ६२ जना प्रशिक्षार्थी अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको मंगलबार अवलोकन भ्रमण गरेका छन् ।

अवलोकन भ्रमणमा प्रशिक्षार्थी अधिकृतहरूले प्रधान कार्यालयस्थित सशस्त्र प्रहरी बल नेपालको संग्राहलय र विपद् व्यवस्थापनमा प्रयोग हुने सामाग्रीहरुको अवलोकन गरेका हुन् ।

अवलोकनको क्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नेत्र बहादुर कार्कीले सशस्त्र प्रहरी बल नेपालको परिचय, कामकर्तव्य र अधिकार, वर्तमान अवस्था र परिचालन लगायत विविध विषयमा प्रस्तुतीकरण गरेका थिए । प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, कार्यादेश, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापन, नेपाली सेनाबाट सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त सहयोग र सहकार्य, आन्तरिक सुरक्षा चुनौती लगायतका विषयमा अन्तरक्रिया गरेका थिए ।

कोर्समा भारत, पाकिस्तान, माल्दिभ्स, कोरिया, केन्या र नाईजेरिया लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *