क्यानडालाई नेपाल–ए को १८२ रनको लक्ष्य

नेपाल–ए ले क्यानडा–११ लाई एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा १८२ रनको लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ थालेको नेपालले ४७ औं ओभरमा अलआउट हुँदै १८१ रन जोडेको छ । पहिलो विकेटका लागि ५४ रनको साझेदारी पाएको थियो । ओपनर आशुतोष ४३ बलमा २८ रन जोड्दै साद बिन जफरको बलमा स्टम्पिङ आउट भए ।

अर्को ओभरमा शेर मल्ल खाता नखोली निकोलस किर्तनको एलबीडब्लू धरापमा परे । नेपालका ७ ब्याटरले १९ रनभन्दा माथि जोडेपनि कसैले ३० रन कटाउन सकेनन् ।

अर्जुन कुमालले ५३ बलमा २ चौकासहित २७ रन जोडे । २४ औं ओभरमा कप्तान सन्दीप कट बिहाइन्ड भए । उनले २८ बलमा ३ चौका र १ छक्कासहित २४ रन बनाए । राशीद खानले खान २५ बलमा १९ रन जोडे । सुजन थपलियाले किर्तनको बलमा एलबीडब्लू आउट हुनुअघि ५१ बलमा २० रन बनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर