प्रसुती गृहबाट चोरी भएकी शिशु सकुशल भेटिइन्

सन्तान माेहमा गंभिर अपराध

प्रहरीले शुक्रबार थापाथलीमा रहेको परोपकार स्त्री तथा प्रसुती रोग अस्पतालबाट चोरी भएकी शिशुलाई काँडाघारी क्षेत्रमा सकुशल फेला पारेको छ । अस्पतालबाट शिशुलाई अनुमतिबिना लैजाने दोलखाकी एक महिला र परिवारका सदस्य समेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरी अधिकारीहरुका अनुसार बालिकालाई लैजाने महिला निसन्तान रहेको र उनले शिशुलाई सन्तान मोहमा चोरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । प्रहरीले केही समयमै बिस्तृत जानकारीसहित सूचना सार्वजनिकको तयारी गरिरहेको छ ।

शिशु हराएपछि उपत्यका प्रहरीका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका प्रहरीका सबै युनिटसहित उपत्यका अपराध अनुसन्धान कार्यालयले सर्च अपरेशन चलाएका थिए । प्रहरीले काठमाडौंबाट बाहिरीने सीमा नाकामा कडाई गरेको थियो। यस्तै क्लोज सर्किट क्यामरामा कैद भएकी ती महिलाको खोजी तिब्र पारिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बच्चा गायब भएको भन्दै प्रहरीमा उजुरी परेको थियो।

प्रहरीका अनुसार काभ्रे घर भएकी एक महिलाको २६ दिनको बच्चा चोरी भएको भन्दै जाहेरी परेको थियो। अस्पतालमा उपचाररत बच्चा केहीबेर लिने भन्दै एक जना महिलाले बच्चा लिएकी थिइन्।

बच्चा लिएको केहीबेरमै ती महिला भागेको प्रहरीले जनाएको थियो । शुक्रबार दिउँसो करिब १२ बजेतिर बच्चा चोरी भएको हो ।

*यसअघि हेडलाइनमा भुलवश गल्ती भएकाले सच्चाएका छाै‌ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *