भारतीय विदेशमन्त्री जयशंकरले भने – रायसिना डायलगमा नेपालको सक्रिय सहभागिता

भारतको विदेश मामिला मन्त्रालय र अवजर्भर रिसर्च फाउण्डेशनको संयुक्त आयोजनामा भारतको नयाँ दिल्लीमा जारी रायसिना डायलगमा नेपालले सक्रिय सहभागिता जनाइरहेको छ ।

सुरक्षा, कुटनीतिक सन्तुलन, विकास, वातावरण र मानवअधिकारका विविध विषयमा विश्वका अधिकांश देशका परराष्ट्र मन्त्री, सैनिक अधिकारी, विश्लेषक र विज्ञसहितको सहभागितामा जारी रायसिना डायलगमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री एनपी साउद सहभागी भएका छन् ।

भारतका विदेश मामिला मन्त्री डा एस जयशंकरले शुक्रबार परराष्ट्र मन्त्री साउदसँग भेटवार्ता गरेका छन् । उनले रायसिना डायलगमा नेपालको सक्रिय सहभागिताका लागि उनलाई धन्यबाद दिनुका साथै द्धिपक्षिय हितका विषयमा छलफल भएको जनाएका छन् ।

भारतीय विदेश मन्त्रालयसँगको सहकार्यमा अब्जर्भर रिसर्च फाउन्डेसनले आयोजना गरेको प्रतिष्ठित बहुपक्षीय मञ्च रायसिना संवादमा साउदको उपस्थितिले क्षेत्रीय संलग्नता र सहयोगप्रति नेपालको प्रतिबद्धतालाई जनाउँछ जयशंकरले भनेका छन् ।

 

दुई विदेशमन्त्रीबीचको वार्ता नेपाल र भारतले व्यापार, लगानी, पूर्वाधार विकासलगायतका विभिन्न क्षेत्रमा आपसी सम्बन्धलाई सुमधुर बनाउन काम गरिरहेका बेला भएको हो । साउदको नयाँ दिल्ली भ्रमणमा अन्य उच्चस्तरीय भारतीय विशिष्ट व्यक्तिहरूसँग भेटघाट, दुई देशबीचको सञ्चार र सहकार्यलाई अझ सुदृढ बनाउने कुरा पनि समावेश छ।

उनले बिहीबार भारतीय जनता पार्टीका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेसँग पनि भेटवार्ता गरेका थिए । चौथाइवालेले दुई देश र दुई पार्टी (भाजपा–नेपाली कांग्रेस) सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको जानकारी दिएका छन् ।

दुईदेशका परराष्ट्मन्त्री बीचको रायसिना संवादको सकारात्मक नतिजाले नेपाल–भारत सम्बन्धमा थप सहयोग र प्रगतिको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार श्री साउदले फेब्रुअरी २३ गते ‘विकास घाटास् सन् २०२३ पछिको एजेन्डा’ भन्ने बिषयमा मञ्चलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर