७ महिनामा नेपालीले पिए २ अर्बको विदेशी मदिरा

चालू आर्थिक वर्षको ७ महिनामा नेपालमा करिब २ अर्ब रुपैयाँबराबरको विदेशी मदिरा आयात भएको छ । गत साउनदेखि माघसम्म १ अर्ब ९७ करोड रुपैयाँ बराबरको मदिरा आयात भएको भन्सार विभागले जनाएको हो ।

विभागका अनुसार यस अवधिमा ह्विस्की ८४ करोड ७२ लाख, ह्विस्की बनाउन चाहिने कच्चा पदार्थ ६५ करोड १८ लाख, बियर १ अर्ब ६७ करोड र वाइन ३० करोड रुपैयाको भित्रिएको छ ।

७ महिनामा नेपालमा विदेशबाट बियर, ह्विस्की, ह्विस्की बनाउने कच्चा पदार्थ, वाइन, रम, जिन, भोड्कालगायत आयात भएको हो । यस अवधिमा विदेशबाट रम ५० लाख, जिन १ करोड ६१ लाख र भोड्का ५ करोड रुपैयाँको आयात भएको छ । अन्य मदिरा पनि ८ करोड रुपैयाँको आयात भएको विभागको तथ्यांक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *