बढुवा भएका तीनजना उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान, सम्भारथीमा देउजा

नेपाली सेनाको सहायक रथीबाट उपरथीमा बढुवा भएका तीनजनालाई प्रधानसेनापति प्रभुराम शर्माले आज जंगी अड्डामा दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सहायक रथीहरु सुनिल श्रेष्ठ, अनुपजंग थापा र प्रकाश देउजाको उपरथीमा पदोन्नती भएको हो । उनीहरू नेपाल सरकारको ६ फागुनको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका हुन् ।

बढुवा भएका उपरथी श्रेष्ठको मध्यपश्चिम पृतनापति, उपरथी थापा राष्ट्रिय सुरक्षा परिषद्‍को सचिवालयको सह-संयोजक र उपरथी देउजा, संभाररथी विभागमा नियुक्त भएका छन् । ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *