आर्थिक वर्ष थप सार्वजनिक संस्थान निजीकरण गरिने अर्थमन्त्रीको घोषणा

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा थप सार्वजनिक संस्थानहरुको निजीकरण गरिने घोषणा गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले सो जानकारी गराएका हुन् ।

निजी क्षेत्र प्रतिस्पर्धी रहेका क्षेत्रमा रहेका सार्वजनिक संस्थानलाई निजीकरण गरिने घोषणा उनले गरेका हुन् । त्यस्ता सार्वजनिक संस्थानको सेयर बिक्री वा व्यवस्थापन करारमार्फत विनिवेश गरिने उनले उल्लेख गरेका छन् ।

बन्द भएका सार्वजनिक संस्थालाई निजी क्षेत्रको सहभागितामा सञ्चालनको प्रयास गरिने घोषणा पनि मन्त्री महतले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर