परराष्ट्र सचिव भारत प्रस्थान

एसिया इकोनोमिक डायलगमा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल आज भारत प्रस्थान गरेकी छन् । यही फागुन १६ र १७ गते भारतको पुनेमा आयोजना हुने सो कार्यक्रममा परराष्ट्र सचिव लम्साल नेतृत्वको प्रतिनिधिमण्डल उद्घाटन सत्रमा सहभागी हुनेछ ।

भ्रमणका क्रममा सचिव लम्साल नेतृत्वको प्रतिनिधिमण्डलले भारतका विदेशसचिव विनयमोहन क्वात्रासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । एसियन इकोनोमिक डायलग वार्षिकरुमपा आयोजना हुने बहुपक्षीय सम्मेलन हो । भारतीय विदेश मन्त्रालय र पुने इन्टरनेसनल सेन्टरले संयुक्तरुपमा सम्मेलनको आयोजना गरेको हो ।

समसामयिक विषयमा छलफल हुने उक्त कार्यक्रममा विभिन्न देशका प्रतिनिधि सहभागी हुनेछन् । कार्यक्रममा सहभागी भई परराष्ट्र सचिव लम्साल यही फागुन १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *