नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई २ रनले पराजित गरेको छ ।

जितका लागि एक सय ८५ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा १८३ रन मात्र बनाउन सफल भयो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ र कप्तान रोहित पौडेले ५० रन बनाए पनि पर्याप्त भएन । नेदरल्यान्ड्सका लागि माइकल लेभिट र साइब्रान्डले समान २–२ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ३६ बल खेल्दै पाँच चौका र तीन छक्काको सहयोगमा ५४ रन बनाएका हुन् । त्यस्तै स्याब्रान्ड एंगेलब्रेक्टले ३८ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन बनाए ।

स्कट एडवार्डसले १६ बल खेल्दै पाँच चौकाको मद्दतमा ३३ रन जोडे । तेजा निडामानिरुले ३१ रन जोड्दा म्याक्स ओडाउडले चार रन बनाए । बलिङतर्फ नेपालका करण केसी र कुशल मल्लले समान एक÷एक विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *