सशस्त्रको कमाण्ड तथा स्टाफ कोर्ष प्रवेश परीक्षामा १४ जना उत्तीर्ण

सशस्त्र प्रहरी बल नेपालले संचालनगर्ने नवौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षका लागि १४ जना अधिकृत प्रवेश परीक्षाको लिखित परीक्षामा उत्तीर्ण
भएका छन् । बलको मुख्यालयले बुधबार उनीहरुको नाम सार्वजनिक गरेको हो ।

सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेज सानो गौचरण काठमाडौंमा संचालन हुने १८ महिना लामो कोर्ष बलभित्र वृती विकासका लागि महत्वपूर्ण हुन्छ ।

सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कोर्षमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, द्वन्द्ध व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र विकास, सीमा, भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विषयहरु समेटिएको हुन्छ ।

यी हुन् उत्तीर्ण अधिकृतहरु:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *