मन्त्रालय बाँडफाँट टुंग्याउन ४ नेता सम्मिलित कार्यदल गठन

सरकारमा नयाँ गठबन्धनबाट दलहरुले पाउने मन्त्रालय र सिट बाँडफाँटको जिम्मा ४ नेता सम्मिलित कार्यदललाई दिइएको छ ।

कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव छन् । कार्यदलले सरकारमा सहभागी हुने दलहरुले पाउने मन्त्रालय र त्यसको संख्या टुंगो लगाउने भएका छन् ।

नयाँ सत्ता गठबन्धनबाट ३ जना नेता आजै मन्त्री बन्ने भएका छन् । एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याल मन्त्री बन्ने पक्का भएको हो ।

यस्तै, माओवादीका वर्षमान पुन र जसपा अध्यक्ष उपेन्द्र यादव पनि मन्त्री बन्ने भए पनि मन्त्रालय बाँडफाँट र मन्त्रालयको टुंगो लागेपछि मात्र सरकारमा सहभागी हुने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *