मुगुको सिँचाइ आयोजनामा भ्रष्टाचारको आरोपमा १० जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित १० जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका–९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा गैरकानुनी लाभ तथा हानि पु¥याई भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेविरुद्ध रु. २६ लाख ८२ हजार १४ बराबरको बिगो दाबी गरेको छ । तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोगबहादुर शाही, सचिव बैदेही शाही र कोषाध्यक्ष रत्नरुपा शाहीविरुद्ध पनि समान बिगो दाबी गरेको छ ।

यस्तै, मुगु सामुदायिक सिँचाइ आयोजनाका इन्जिनियर महेश सिंह कठायत, सब इन्जिनियर भीमबहादुर रोकाय र सर्जन बहादुर शाहीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

सामुदायिक सिँचाइ आयोजनाअन्तर्गत परामर्शदाता संस्थामार्फत खटिएका सामाजिक परिचालक संयोजक प्रकाश बुढथापाविरुद्ध समान बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । यस्तै, सोरु–९ का तत्कालीन वडाध्यक्ष परुनाथ योगी र सचिव नव गिरीविरुद्ध पनि भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *