नेपाललाई पराजित गर्दै नेदरल्यान्ड्सले जित्यो टि–२० सिरिज

फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० सिरिजको उपाधि जितेको छ ।

टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ८५ रनको लक्ष्य दिएको थियो । नेदरल्यान्ड्सले ६ विकेट गुमाएर अन्तिम ओभरमा लक्ष्य पूरा गरेको हो ।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले अर्धशतक बनाउँदा साइब्रान्ड एंगलब्रेक्टले ४८ रन बताए । लेभिटले ५४ रन जोडे ।

नेपालका लागि कुशल मल्लले ३ ओभरमा ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४७ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए । कप्तान रोहित पौडेलले २५ बनाए भने गुलशन झाले ३४ रनको योगदान दिए ।

दीपेन्द्रसिंह ऐरी एक रनमा आउट हुँदा कुशल मल्लले ११ बलमा तीन छक्काको सहयोगमा २६ रन बनाए । साथै करन केसीले नौ रन बनाउँदा आरिफ सेखले खाता खोल्न सकेनन् ।

पुच्छारका ब्याटरद्वय सोमपाल कामी र प्रतिस जिसीले समान छ/छ रन बनाए ।

नेदरल्यान्ड्सका लागि फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्राण्ड एङ्गलब्रेक्टले समान दुई/दुई विकेट लिए ।

सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले एकअर्कासँग समान ४ वटा खेल खेलेका थिए । अंकका आधारमा पहिलो र दोस्रो स्थानमा रहेका नेपाल र नेदरल्यान्ड्सले फाइनल खेलेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *