नयाँ गठबन्धनमा सहभागी नहुन उपेन्द्र यादवलाई पार्टीभित्रै चर्काे दबाब

नयाँ गठबन्धनमा सहभागी नहुन् जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीभित्रै चर्को दबाब आएको छ । पार्टीका बहुमत सांसद र कार्यकारिणी सदस्यले विद्रोहको धम्कि दिएपछि यादव ब्याक भएका छन ।

स्रोतका अनुसार मन्त्रीको नाम चयनको लागि बोलाइएको कार्यकारिणी बैठकमा प्रदेश सरकारको नेतृत्व हातबाट जाने र प्रचण्डले विश्वासको मत पाउन कठिन हुने अधिकांश सांसद र कार्यकारिणी सदस्यहरूले बताएका थिए । पाटी निकट स्रोतले भन्यो, ‘यो गठबन्धनको सरकारमा जाने कि नजाने भन्ने निर्णय गर्न सकिएन।’

पार्टीका नेताहरूले उपेन्द्रले उपप्रधानमन्त्रीको लोभमा जान लागेको भन्दै यो गठबन्धन र सरकारलाई कुनै हालतमा सहयोग नगर्ने दबाब बढाएको बुझिएको छ।

केन्द्रमा सत्ता गठबन्धनमा आएको फेरबदलको असर सातवटै प्रदेशमा देखिएको छ ।संघमा सरकारका सहयात्री नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अर्को गठबन्धनको मुख्य घटक जनता समाजवादी पार्टी (जसपा) को नेतृत्व मधेश प्रदेशमा स्वीकार नगर्ने संकेतसँगै  राजनीति पे्चिलो बनेको हो । यतिबेला जसपाबाट मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशको नेतृत्व गरिरहेका छन् । जसपाले मधेश प्रदेशको नेतृत्वको दाबीसहित नयाँ गठबन्धनमा सहमति जनाएको थियो । तर, गठबन्धन बनेको तीन दिन नपुग्दै मधेश प्रदेशका कारण जसपा अध्यक्ष उपेन्द्र यादवको मन अमिलो भएको छ । स्रोतका अनुसार गठबन्धनको पछिल्लो बैठकमा एमाले र माओवादी केन्द्रले मधेश प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुनैपर्ने सर्त अघि सारेसँगै उपेन्द्र यादव संकटमा परेका छन् ।

एमाले र माओवादीका प्रदेशका शीर्ष नेताहरू र प्रदेश सभा सांसदहरूको बैठकले प्रदेशमा सत्ता नेतृत्वको दाबी गर्ने भएको हो । यसका लागि एमालेले पहिलो चरणमा माओवादी केन्द्रलाई नेतृत्व दिने र आधा कार्यकाल पछि एमाले आफैले लिने भित्रभित्रै सहमति भएको स्रोतले बतायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *