रास्वपाले टुंग्यायो चार मन्त्रीको नाम

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने ४ मन्त्रीको नाम टुंग्याएको छ ।

रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकले रास्वपालाई ४ मन्त्रालय दिने निर्णय गरेको छ । यद्यपि, गठबन्धनले उक्त निर्णय सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *