एमाले, माओवादी,रास्वपा र समाजवादीका मन्त्रीले लिए सपथ, कसलाई कुन मन्त्रालय ?

नयाँ सत्ता गठबन्धनबाट सरकारमा सहभागी हुने मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् । आज साँझ राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् ।

एमालेबाट रघुवीर महासेठको नेतृत्वमा ७ जनाले मन्त्रीको सपथ लिएका छन् । महासेठले उपप्रधान तथा भौतिक पूर्वाधार, राजेन्द्रकुमार राईले खानेपानी, बलराम अधिकारीले भूमि व्यवस्था, भगवती चौधरीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक, दामोदर भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति, हरि उप्रेतीले रक्षा तथा ज्वालाकुमारी साहले कृषि मन्त्रालय सम्हाल्ने भएका छन् ।

मंगलबार नै सपथ लिएका एमालेका अर्का मन्त्री पदम गिरीले कानून, न्याय तथा संसदीय मामिलाको जिम्मेवारी पाएका छन् ।

यस्तै, माओवादीबाट ४ जनाले मन्त्रीको सपथ लिएका छन् । यसअघि गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठले उपप्रधान तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादी उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बनेका छन् । शक्तिबहादुर बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ र रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निरन्तरता पाएका छन् ।

यसअघि सपथ लिइसकेका हितबहादुर तामाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पाएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जनाले सपथ लिएका छन् । सभापति रवि लामिछानेले उपप्रधान तथा गृह र विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि सपथ लिइसकेका डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाएकी रास्वपाकी सुमना श्रेष्ठले भने  लिएका छन् ।

यस्तै एकीकृत समाजवादीबाट भानुभक्त जाेशी, संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा, सहरी विकास मन्त्री बनेका छन् ।

एमालेले ८, माओवादीले ५, रास्वपाले ४, जसपाले २, एकीकृत समाजवादी २ र बाँकी मन्त्रालय अन्य दललाई भागबण्डा गर्नेगरी नयाँ सत्ता गठबन्धनमा सहमति बनेको हो । पार्टीमा आन्तरिक विवादका कारण जसपाले आफ्ना मन्त्रीको टुुंगो लगाएको छैन ।

यस्तै, माधवकुमार नेपाल नेतृत्वको नेकपा एस पनि सरकारमा सहभागी हुने निर्णय गरेको छ । जनमत र नागरिक उन्मुक्तिले भने सरकारमा सहभागी हुन प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने अडान राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *