मधेश केन्द्रित तीन दलसँग देउवाको छलफल

कांग्रेस सभापति शेरबहादुर देउवाले मधेश केन्द्रित तीन दलसँग छलफल गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग देउवाले आज बूढानिलकण्ठमा छलफल गरेका हुन् ।

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता शेखर कोइराला र प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् ।

नयाँ सत्ता समीकरण घोषणा भएसँग कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको छ भने गठबन्धनबाहिरका दलसँग छलफल अघि बढाएको छ । देउवाले आज बिहान नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *