गोर्खा सैनिकका समस्याबारे परराष्ट्र सचिव र बेलायती राजदूतबीच वार्ता

परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ । दुई अधिकारीबीच आज भेटवार्ता भएको हो ।

भेटमा नेपाल–बेलायत सम्बन्ध, बेलायती सेनाका गोर्खा सैनिकका समस्या लगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

केही दिनअघि प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको मागका विषयमा हुने वार्तालाई यथाशीघ्र निष्कर्षमा पु¥याउन सरकारलाई निर्देशन दिएको थियो ।

बैठकले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूले विगत लामो समयदेखि उठाएका न्याय र समानताका मागहरू सम्बोधनका लागि बेलायती र नेपाली पक्ष संलग्न भइ गठन भएका द्विपक्षीय र प्राविधिक समितिमार्फत हुने वार्ताहरूलाई यथाशीघ्र निष्कर्षमा पु¥याउन आवश्यक पहल गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा सहभागी भएका निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदले गोर्खा सैनिकको मागमा सरकारको समर्थन र अडान रहेको बताएका थिए । न्यायोचित माग सम्बोधनका लागि नेपालले निरन्तर दबाब दिइरहेको भन्दै उनले समान पेन्सनका विषयमा निष्कर्ष आउन बाँकी रहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *