राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

शनिबार सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रियसभाको अध्यक्षका लागि सहयोग खोज्न छलफल गर्ने निर्णय गरेको नेता अर्जुन नरसिंह केसीले बताए । उनले उम्मेदवार चयन भने राष्ट्रियसभा सदस्यको बैठकपछि गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर