माओवादीले आइतबार राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार टुंगो लगाउने

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार आइतबार (भोलिसम्म) टुंगो लगाउने भएको छ ।

शनिबार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्म उम्मेदवार टुंगो लगाउने बताएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले उम्मेदवारबारे भोलिसम्म निर्णय हुन्छ भन्नुभएको छ,’ उनले भने।

राष्ट्रियसभा निर्वाचनको मिति २९ फागुनका लागि तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर