जसपाबाट आज तीन मन्त्रीको शपथ, उपेन्द्र फेरि स्वास्थ्यमन्त्री

उपप्रधानमन्त्री सहित गतिलो मन्त्रालय पाउने आशामा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमै चित्त बुझाएर सरकारमा सहभागि हुँदैछन् ।

उनीसहित नवलकिशोर साह मन्त्री तथा दीपक कार्कीलाई राज्यमन्त्रीमा आजै शपथ गराउने सरकारको तयारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रीपरिषद्सहित ३० फागुनमा विश्वासको मत लिदैंछन् । उनले जसपालाई सरकारमा प्रतिनिधित्व गराउँदै छन्।

अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्न लागेका हुन। नवलकिशोरलाई वन तथा वातावरण मन्त्री बनाइदैछ। कार्की भने स्वास्थ्य राज्यमन्त्री बन्दै छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *