राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन नेता निलम्बित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन नेता निलम्बनमा परेका छन् । सामाजिक सञ्जालमा पार्टी हित विपरीत भ्रम फैलाउने, पार्टीको नीति, नेतृत्व र एकता विरुद्ध निरन्तर नकारात्मक धारणा दिँदै आएका कारण तीन जनालाई निलम्बन गरिएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

निलम्बनमा पर्नेहरूमा महाधिवेशन प्रतिनिधिद्वय पूर्व केन्द्रीय सदस्यहरू सिन्धुपाल्चोकका भीमसेन खनाल, दाङका हंसराज केसी र बर्दियाको ठाकुरबाबा नपाका पूर्व अध्यक्ष गोरख बहादुर बम रहेका छन् ।

उनीहरूलाई पार्टी सदस्यबाट निलम्बन गर्ने अनुशासन समितिको सिफारिसलाई सोमबार सम्पन्न कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर