प्रदेशलाई अधिकारसम्पन्न बनाउने कानून छिटो निर्माण गर्नुस्ः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने कानून छिटो निर्माण गर्न आग्रह गरेका छन् ।

शहीद केशव कोइराला स्मृति प्रतिष्ठान र महिटानी नगरपालिकाको संयुक्त आयोजनामा आयोजित शहिद केशव कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संघ केन्द्रित अधिकार तल्लो तहमा कार्यान्वनय गर्न बाँकी रहेकोले अब विलम्व गर्नु नहुने बताए । उनले व्यवस्था परिवर्तन भए पनि अझै जनताको अवस्था परिवर्तन गर्न बाँकी रहेको बताए । प्रशासनिक रुपमा राज्यको पुनःसंरचना गरेको भए पनि राज्यको चरित्रको भने पुनः संरचना हुन अझै बाँकी रहेको जिकिर गरे ।

राष्ट्रपति पौडेलले लोकतन्त्रलाई राज्य सञ्चालनको माध्यम मात्र नबनाइ जीवनदर्शन र संस्कार बनाएर अघि बढाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर