रुसी सेनामा कार्यरत थप १६ नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप १६ नेपालीको मृत्यु भएको छ ।

रुसको विदेश मन्त्रालयले नेपाली दूतावासलाई बुझाएको मृतकको सूची अनुसार तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुनमगर, बाँकेका चन्द्रप्रकाश बिसी, प्युठानका सोमेश सुनार, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमकुमार भुजेल, मकवानपुरका विजयबहादुर थोकर, धनुषाका विमलकुमार गजमेर, मोरङका गयानन्द साह, विकास राई र घनश्याम शाही तथा नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बिसी छन् । त्यसैगरि, ठेगाना नखुलेका अभिषेक बुढा, क्षितिज बस्नेत र जितबहादुर घिसिङको पनि मृत्यु भएको जनाइएको छ ।

यससँगै रुसी सेनामा ज्यान गुमाउने नेपालीको संख्या ३३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर