मधेश सरकारलाई कांग्रेसले दिएको समर्थन फिर्ता

नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई शुक्रबार पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको हो ।

‘मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिबाट सो समर्थन फिर्ता लिइएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’ कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुख कार्यालयमा बुझाएको पत्रमा उल्लेख छ ।

केन्द्रमा समीकरण फेरिएपछि गत सोमबार कांग्रेसका तीन मन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवले बर्खास्त गरेका थिए । उनले सोही दिन नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर