मस्कोमा आतंकवादी आक्रमणको घटनामा नेपाल सरकारद्वारा दुःख व्यक्त

नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार सांगीतिक कार्यक्रममा आतंकवादी हमलामा निर्दाेष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । ‘नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भत्र्सना गर्दछ, आतंकवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले मस्कोमा आतंकवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *