काठमाडौंमा मनाइयो पाकिस्तानको ८४औं राष्ट्रिय दिवस

पाकिस्तानको ८४औं राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा झण्डा फहराउने कार्यक्रम आयोजना गरिएको छ । नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका थिए । सो अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको सन्देश पढेर सुनाइएको थियो ।

आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले मोहम्मद अली जिन्नाको दूरदर्शी नेतृत्व र पुर्खाहरूको बलिदानलाई सम्झिए । पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज शरीफले ‘पाकिस्तान दिवस’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका पाकिस्तानीहरूलाई शुभकामना दिए । उनले मुद्रास्फीति र आतंकवाद लगायत चुनौतीलाई पार गर्दै पाकिस्तानमा शान्ति, प्रगति र स्थायित्व कायम गर्ने संकल्प व्यक्त गरे ।

विदेशमन्त्री मोहम्मद इशाक दारले प्रवासी पाकिस्तानीलाई बधाई दिँदै देशवासीहरूलाई आफ्नो छनोट क्षेत्र, पेशा र उद्यममा उत्कृष्टता जारी राख्न आग्रह गरे । पाकिस्तानले राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको सर्वोच्चताको पक्षमा उभिएर आफूलाई अलग गरेको बताएको छ ।

आफ्नो मन्तव्यमा राजदूत हाश्मीले पाकिस्तानलाई समृद्ध बनाउन संघर्षको निरन्तरताको स्मरण गरे । उनले नेपाल–पाकिस्तान सम्बन्धका मुख्य पक्षहरु र यो सम्बन्धलाई थप मजबुत बनाउन गरिरहेको प्रयासका बारेमा प्रकाश पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर