युक्रेनको राजधानी कीएभमा फेरि रुसको आक्रमण, पोल्याण्ड पनि अलर्टमा

रुसले युक्रेनको राजधानी कीएभमा फेरि एकपटक आक्रमण गरेको छ । रुसी सेनाले कीएभमा शृङ्खलाबद्ध हवाई हमला गरेको हो । युक्रेनले पूरै देशमा अलर्ट जारी गरेको छ ।

आक्रमणको बिचमा, कीएभमा बसोबास गर्ने युक्रेनीहरू शरण लिन मेट्रो स्टेशनतिर दौडिरहेको देखियो। युक्रेनको छिमेकी राष्ट्र पोल्याण्डले पनि आफ्नो वायुसेना अलर्ट अवस्थामा राखेको छ । आफ्नो सिमानामा रहेको युक्रेनी सहर लभीभमा रुसी हवाई हमला गरेपछि पोल्याण्डले पनि आफ्नो हवाई क्षेत्रको निगरानी बढाएको छ ।

कीएभमा रूसी आक्रमण बिहान पाँच बजे सुरु भएको थियो । शुक्रबार पनि रुसले दर्जनौँ मिसाइल प्रहार गरेको थियो । जसका कारण युक्रेनको एउटा बाँधमा नराम्ररी क्षति पुगेको छ । बाँध भत्किँदा जलविद्युत केन्द्र बन्द भएको छ भने धेरै युक्रेनी क्षेत्रहरू अन्धकारमा डुबेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर