प्रहरीलाई तनाव व्यवस्थापनसम्बन्धी तालिम

प्यूठान जिल्लास्थित सुरक्षाकर्मीहरूलाई लक्षित ‘सकारात्मक सोच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ आइतबार सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानको आयोजना, जिल्ला प्रशासन कार्यालय प्यूठानको समन्वय तथा कर्ण सकारात्मक कोषको प्राविधिक सहयोगमा मल्लरानी गाउँपालिका–४ खलंगास्थित जिल्ला समन्वय समितिको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कर्ण सकारात्मक कोषका संरक्षक कर्ण शाक्यले किताबी ज्ञानभन्दा जीवनको भोगाइ र अनुभवबाट सिप आर्जन गर्नुपर्ने चर्चा गरे । कुनै पनि काम उद्देश्य सहित गर्नुपर्ने, सकारात्मक र अटल सोच राख्नुपर्ने, पद र अधिकारको सदुपयोग गर्नुपर्ने एवम् समय व्यस्थापनमा विशेष जोड दिनुपर्ने विचार व्यक्त गर्दै उनले संकीर्ण सोचको अन्त्य गरी प्रहरी जीवनलाई व्यवसायिक बनाउनपर्ने र सधैँ सकारात्मक सोच राखी काम गर्नुपर्ने बताए ।

कार्यक्रमका अध्यक्ष एवम् प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद अर्यालले हाम्रो जिम्मेवारीले पनि हामीलाई तनावको अवस्थामा पु¥याउने हुनाले तनाव व्यवस्थापन आफैबाट सकारात्मक सोँचका साथ सुरु गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाले कार्यक्रमको औचित्य बारेमा जानकारी दिएका थिए । कार्यक्रममा कर्ण सकारात्मक कोषका प्रमुख सल्लाहकार जोस बहादुर निरौलाले तनावको परिभाषा, यसका प्रकार, लक्षण र समाधान, नकारात्मक तनावले पु¥याउने क्षतिको सम्बन्धमा जानकारी दिँदै तनाव व्यवस्थापनको व्यवहारिक अभ्यास समेत गराएका थिए ।

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकाय एवम् विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर