सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप सुरु

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप गोकर्ण गल्फ क्लबमा सुरू भएको छ ।

चारदिनसम्म चल्ने ७२ होलको प्रतियोगिता बिहीबारसम्म चल्नेछ । कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गल्फरले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्नेछन् । विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुने गल्फरले क्रमश ९० हजार र ६७ हजार नगद हात पार्नेछन् ।

३६ होलको समाप्तीमा कट लागु हुनेछ । जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन् । एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्ने नियम रहेको छ । कट बनाउन सफल सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

३३ प्रोफेसनल गल्फर मध्ये भुवन नगरकोटी, रवि खड्का, दिनेश प्रजापति, धन थापा र सञ्जय लामाबीच उपाधिको लागि कडा प्रतिस्पर्धा हुने सम्भावना छ । प्रो गल्फरहरूलाई यो पटक पनि टप एमेच्योर सदभाव आचार्यले कडा चुनौती दिनेछन् । यस्तै राहुल विश्वकर्मा र टासी छिरिङले पनि प्रो गल्फरलाई माथ दिने प्रदर्शन गर्न सक्ने समभावना छ ।

नेपाल नम्बर एक प्रो शुक्र बहादुर राईले भने चोटको कारण यो प्रतियोगिता गुमाएका छन् । नाडीमा लागेको चोटले गर्दा उनले यो प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन् । अर्का प्रो सुबाश तामाङले कोलकाता च्यालेन्जमा कट बनाउन नसकेपछि उनी तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षणका लागि फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर