आयरल्यान्ड ‘ए’को १२२ रनको लक्ष्य पछ्याउँदै नेपाल

आयरल्यान्ड ‘ए’ ले नेपाललाई १ सय २२ रनको सामान्य लक्ष्य दिएको छ । दुई टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा आइरिश टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको छ ।

आयरल्यान्डका लागि ओपनर स्टेफन डोहनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । तर अन्य ब्याटर भने चल्न सकेनन् । नेपालका लागि करण केसीले १, ललित राजवंशी, कुशल भुर्तेल र गुल्सन झाले समान २ विकेट लिए ।

सिनियर टोली २ खेलको सिरिज खेल्दा त्यसपछि भने नेपाल ‘ए’ को खेल तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *