गृहमन्त्री लामिछाने र इजरायली राजदूतबीच भेट

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।

सो अवसरमा राजदूत गोदरले गृहमन्त्री नियुक्त भएकोमा लामिछानेलाई बधाई ज्ञापन गरे । उनीहरुबीच नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति, साथै विपिन जोशीलाई सुरक्षित नेपाल फर्काउनेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

राजदूतले जोशीको अवस्थाबारे इजरायल सरकार पनि चिन्तित रहेको भन्दै उनको सहित ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारले राहत स्वरुप भत्ता उपलब्ध गराउन थालेको जानकारी दिए ।

भेटमा गृहमन्त्री लामिछानेले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गरे । यस्तै, कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य र नेपाल–इजरायलको सम्बन्ध विस्तार र सुदृढका लागि थप सहकार्यबारे पनि भेटमा छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *