टि–२० शृंखलाको उपाधि नेपाललाई, आयरल्यान्ड ‘ए’ ७१ रनले पराजित

नेपालले आयरल्यान्ड ‘ए’ विरुद्धको ट्वान्टी–२० शृंखला जितेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपाल ७१ रनले विजयी हुँदै २–० ले शृंखला जितेको हो ।

यसअघि सोमबार भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । आजको खेलमा १ सय ९९ रनको लक्ष्य भएको आयरल्यान्ड ‘ए’ ले सबै विकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सक्यो ।

आयरल्यान्डका लागि रोज आदिरले १७, स्टेफन डोहनीले २६, मोर्गान टपिङले २१ रन बनाए । नेपालका लागि सोमपाल कामी र कुशल मल्लले समान ३ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले २५, आशिफ शेखले ११, अनिल साहले १२, गुल्सन झाले ४६, रोहित पौडेलले ३३, कुशल मल्लले ३४, सन्ीप जोराले २१ र विवेक यादवले ७ रन बनाए ।

आयरल्यान्डका लागि म्याथ्यु फोस्टरले ३, बेन ह्वाइटले २ र गाभिन होई र फियान ह्यान्डले १–१ विकेट लिए । अब आयरल्याण्ड ‘ए’ले नेपालको ‘ए’ टोलीसँग टि–२० र एकदिवसीय खेल खेल्ने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *