दुई/चार दिनभित्रै नयाँ समीकरणअनुसारको प्रदेश सरकार बन्छ: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही सातामा प्रदेश सरकारमा नयाँ समीकरणअनुसारको सरकार बन्ने बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको कार्यक्रममा उनले केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वाभाविक रुपमा प्रदेशमा पनि सरकारहरु बन्ने प्रक्रिया सुरु हुने बताए । सत्तामा रहेका पाँच राजनीतिक दलहरुले एकताबद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरुमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने सम्भावना रहेको बताए ।

सत्तामा सहभागी दलहरुबीच छलफल गरी यसै सातामा प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गत बनाउने काम पूरा गर्ने बताए ।

‘सत्तामा रहेका पाँच राजनीतिक दलहरुले एकताबद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरुमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने सम्भावना रहेको छ । त्यो हिसावले पनि हामीले प्रयासहरु गरिरहेका छाँै । प्रमुख दलहरुबीच छलफल गरिकन दुई चार दिनभित्र हामी प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गतको सरकार बदल्ने काम प्रक्रियाहरु पूरा गर्छौं । वागमती प्रदेशमा पनि यही समीकरणअन्तर्गत प्रदेश सरकार पुनःगठन हुनेछ,’ उनले भने ।

महासचिव पोखरेलले एमाले समाजवादी मोर्चामा नजाने पनि स्पष्ट पारे । एमालेको मिसन मोर्चा बनाउनेतर्फ नभइ राजनीतिक ध्रुवीकरण र बलियो राष्ट्रिय शक्ति निर्माणको रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *