भारतबाट बिजुली आयात सम्झौता नवीकरण, साढे ५ सय मेगावाट आयात गरिने

भारतबाट नेपालमा बिजुली आयात गर्ने सम्झौता नवीकरण भएको छ । सुख्खायाममा नेपालका लागि अपुग बिजुली भारतबाट आयातका लागि सम्झौता नवीकरण भएको हो ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले तीन महिनाका लागि सम्झौता नवीकरण भएको जानकारी दिए । अब असार दोस्रो सातामा नेपालले भारतबाट बिजुली आयात गर्न सक्छ । यसअघि एक वर्षका लागि सम्झौता हुने गरेकोमा यसपटक तीन महिनाका लागि मात्रै भएको हो ।

सुख्खायाममा नेपालले बिजुलीको समस्या भोग्दै आएको छ । सुख्खायाममा नेपालको कुल बिजुली माग २ हजार मेगावाट रहने भए पनि नेपालले करिब १४ सय मेगावाट मात्र उत्पादन हने गरेको छ । बाँकी ६ सय मेगावाटका लागि भारतबाट आयात गर्नुपरेको हो ।

भारतबाट नेपालले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत ५ सय मेगावाट र टनकपुर प्रसारणलाइनबाट ५४ मेगावाट बिजुली आयात गर्न लागेको हो । नेपालले भारतको डे अहेड बजारबाट बिजुली खरिद गर्दै आएको छ । यो बजारबाट बिजुली खरिदका लागि नेपालले २०७८ वैसाखमा अनुमति पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर