नेपाललाई गुजरातको ९९ रनको सामान्य लक्ष्य

गुजरातको टोलीले नेपाललाई ९९ रनको टार्गेट दिएको छ । एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि–२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो खेलमा गुजरात १८.२ ओभरमा ९८ रनमै अलआउट गरेको हो ।

नेपाली कप्तान रोहित पौडेलले टस जितर फिल्डिङ गर्ने निर्णय लिएका थिए । गुजरातका लागि ओपनर रुद्र पटेलले २३, हेमंग पटेलले २०, अभिषेक देसाइले ११ र स्मीत पटेलले १० रन बनाए ।

नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चिदै सर्वाधिक ४ विकेट लिए । यस्तै करन केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । यस्तै सोमपाल कामीले ४ ओभरमा १४ रन दिएर १ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर