नागरिक उन्मुक्ति अध्यक्ष श्रेष्ठद्वारा प्रदेश सांसद इन्दिरा गिरीलाई कारबाही

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई पदमुक्तको प्रक्रिया अघि बढाएकी छन् ।

अध्यक्ष श्रेष्ठले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी हुन् ।

पार्टीको निर्णय विपरीत सरकारमा गएको र स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएको कारबाही गरेको श्रेष्ठको भनाइ छ । हाल सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिका ५ जना मन्त्री छन् । पार्टी संरक्षक रेशम चौधरीको निर्देशनपछि उनीहरु मन्त्रिपरिषद्मा सहभागी भएका हुन् ।

तर, अध्यक्ष श्रेष्ठले भने कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारबाट फिर्ता हुन आफ्ना सांसदहरुलाई लिखित निर्देशन नै दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर