वैवाहिक बलात्कारमा न्यायाधीश गिरीलाई थुनामा पठाउन आदेश

सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ ।

बुधबार न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

यस अघि गिरीलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएका थिए ।

न्यायाधीश गिरीकी पत्नीले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन् । त्यसपछि गिरीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको थियो ।

बुधबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेको न्यायाधिश गिरीकी श्रीमती आरतीले शंकास्पद वस्तु सेवन गरेकी थिइन् । त्यसपछि उनलाई तुरुन्तै उपचारका लागि वीर अस्पताल लागिएको थियो । अहिले उनको अवस्था भने समान्य रहेको बताइएको छ ।

प्रतिक्रिया

One thought on “वैवाहिक बलात्कारमा न्यायाधीश गिरीलाई थुनामा पठाउन आदेश

  1. देशभक्त नैतिकबान ईमान्दार सम्पुर्ण सम्माननिय श्रीमान ज्यु हरुले बुझ्नै पर्छ कि पिडित हरुलाई न्याय दिनु बाहेक अब अर्को कुनै बिकल्प छैन। न्याय ढिलो हुनु भनेको न्याय नहुनु नै हो। तसर्थ ढिलो चाडो देशलाई राम्रो गतितर्फ लाने हो भने सम्पुर्ण जनता ले अब भने सर्बसुलभ,कम खर्चिलो र द्रुतगतिमा न्याय पाउन नै पर्छ। तसर्थ न्याय पाउने सबाल मा सम्बन्धित सबै श्रीमान हरुकै क्रियाकलापमा यो देशको भबिस्य निर्भर रहेको छ भन्ने बुझ्न जरुरी भैईसकेको छ।
    जय मात्रीभुमी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर