इलाम–२ मा माओवादीले उम्मेदवार नउठाउने, एमालेलाई सघाउने

इलाम–२ को उपनिर्वाचनमा माओवादीले आफ्नो उम्मेदवार नउठाउने भएको छ । माओवादी र एमालेका शीर्षस्थ नेताको सहमतिपछि माओवादीले एमालेका उम्मेदवारलाई सघाउने निर्णय भएको हो ।

यसअघि माओवादीले धीरेन्द्र शर्मालाई उम्मेदवारको लागि एकल रुपमा सिफारिस गरेको थियो । तर, केन्द्रको सहमतिपछि माओवादीले बिहीबार उम्मेदवारी नदिनेबारे सर्कुलर गरेको माओवादीका कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले बताए ।

एमालेले भने यसअघि नै सुहाङ नेम्वाङलाई इलाम–२ मा उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । एमाले नेता सुवास नेम्वाङको निधनपछि इलाममा उपनिर्वाचन हुन लागेको हो । नेम्वाङकै छोरा सुहाङ उम्मेदवार बनेका हुन् । आगमी वैशाख १५ मा उपनिर्वाचन हुँदै छ । उम्मेदवारी दर्ता भने शुक्रबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर