सुदूरपश्चिममा सरकार गठनको आह्वान, १० दिनभित्र दाबी पेस गर्नुपर्ने

सुदूरपश्चिममा सरकार गठनको आह्वान गरिएको छ । प्रदेश प्रमुख नजिर मियाँले १० दिनको समय दिएर सरकार गठनको लागि आह्वान गरेका हुन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो ।

प्रदेश प्रमुखले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभामा सदस्यलाई आगामी वैशाख २ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको छ ।

५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७, राप्रपाको १ र स्वतन्त्र १ सांसद छन् ।

केन्द्रको गठबन्धनमा रहेका माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । सरकारका लागि नागरिक उन्मुक्ति निर्णायक देखिएको छ ।

त्यसैले गत सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्षस्थ नेताहरुको बैठकले नागरिक उन्मुक्ति र एकीकृत समाजवादीलाई आलोपालो मुख्यमन्त्री दिने सहमति गरेका छन् । तर, नागरिक उन्मुक्तिभित्रैको विवादले सुदूरपश्चिमको सरकार गठनमा अस्थिरता देखिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर